अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१५ | Colorodo: 17:30

गठबन्धनबाट बाहिरिँदै बिहारका मुख्यमन्त्री नीतिश कुमारद्वारा राजीनामा

बिआरटीनेपाल २०७९ साउन २४ गते ६:४६ मा प्रकाशित

भारतको बिहारका मुख्यमन्त्री नीतिश कुमारले पदबाट राजीनामा दिएका छन् ।राज्यपाल फागू चौहानसँगको भेट गर्दै कुमारले राजीनामा बुझाएका हुन् । राज्यपालसँगको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै कुमारले राजीनामा दिएको पुष्टि गरे ।जनता दल युनाइटेड सबै सांसदले भारतीय जनता पार्टी (बिजेपी)सँगको मतभेदका कारण राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)बाट अलग हुने निर्णय गरेको हो ।

मंगलबार जनता दल युनाइटेडले सांसदहरूको बैठक बोलाएको थियो । बैठकको निर्णयपछि नै आफूले राजीनामा दिएको नीतिश कुमारले बताएका छन् ।राजीनामासँगै नीतिश कुमारको पार्टी जनता दल युनाइटेडले राष्ट्रिय जनता दलको समर्थनमा नयाँ सरकार बनाउने अनुमान गर्न थालिएको छ । कांग्रेस र अन्य विपक्षी दलले पनि नीतिश कुमारलाई साथ दिने संकेत गरिसकेका छन् ।

राज्यपाललाई राजीनामा दिएपछि नीतिश कुमार पूर्वमुख्यमन्त्री एवं राष्ट्रिय जनता दलकी अध्यक्ष राबडीदेवी यादवको घरमा पुगेका छन् । उनीहरूबीच नयाँ सरकार गठनको विषयमा छलफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसैबीच एनडीएको नेतृत्वकर्ता भारतीय जनता पार्टीले नीतिश कुमारको राजीनामालाई बिहारका जनता र पार्टीलाई दिएको धोकाको रूपमा व्याख्या गरेको छ । बिजेपीका बिहार अध्यक्ष सञ्जय जायसवालले जनादेश र बिजेपीलाई धोका दिइएको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू