अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२१ | Colorodo: 00:36

चुनावमा व्यावहारिक तालमेल जरुरी रहेको कांंग्रेस नेताहरुको निष्कर्ष

बिआरटीनेपाल २०७९ साउन २३ गते ७:१६ मा प्रकाशित

नेपाली कांग्रेसका नेताहरूले सत्ता गठबन्धनबीचको चुनावी तालमेल स्वाभाविक भएको बताएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकले चुनावमा व्यावहारिक तालमेल गर्नुपर्ने र गठबन्धनका उम्मेदवारको जित सुनिश्चित हुनुपर्ने बताएका हुन्।

चुनावी तालमेलको लागि छलफल गर्न सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा नेताहरुले विगतका चुनावमा पाएको मत र अबको सम्भावनालाई मध्यनजर गरेर तालमेलमा जानुपर्ने बताएका एक नेताले जानकारी दिएका छन् ।

साना र पालिका चुनावमा निकै कम मत ल्याएका दलले अस्वाभाविक सिट दाबी गर्न सक्ने भन्दै नेताहरुले दलहरुलाई हैसियत अनुसारको सिट बाँडफाँट गर्नुपर्नेमा पनि जोड दिएका छन् । चुनावी तालमेलको लागि नेपाली कांग्रेस भित्र एक मत छ भनेर सन्देश दिनुपर्नेमा सबैको सहमति रहेको नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू