अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४२ | Colorodo: 14:57

नागरिकतामा अपमानजनक नाम नलेख्न र विगतमा जारी भएकाको सच्चाउन गृह मन्त्रालयको निर्देशन

बिआरटीनेपाल २०७९ साउन २३ गते ७:१६ मा प्रकाशित

गृह मन्त्रालयले अपमानजनक शब्द प्रयोग गरी नागरिकता जारी नगर्न र यसअघि जारी भएका नागरिकता पनि सम्बन्धित व्यक्तिले सच्याउन चाहे सच्याइदिन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । अपमानजनक नामहरु राखी नागरिकता जारी भएकोबारे कान्तिपुर लगायतका संचार माध्यममा समाचार आएपछि गृह मन्त्रालयले यस विषयमा ध्यानाकर्षण भएको जनाएको छ । गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार विज्ञप्ति जारी गर्दै दुई बुँदे निर्देशनबारे जानकारी दिनुभएको हो ।

अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्नेु विज्ञप्तिमा छ, ”त्यसरी अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउने” ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू