अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०८ | Colorodo: 06:23

सत्ता गठबन्धन कार्यदलको बैठक: पार्टीभित्र आन्तरिक छलफलपछि साउन २६ गते फेरि बैठक बस्ने निर्णय

बिआरटीनेपाल २०७९ साउन २३ गते ७:१६ मा प्रकाशित

चुनावी तालमेलका लागि मोडालिटी तयार गर्न बनेको सत्ता गठबन्धनको कार्यदल बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा भागबण्डाको मोडालिटीको सन्दर्भमा सामान्य छलफल भएको कार्यदलकी सदस्य दुर्गा पौडेलले जानकारी दिनुभयो । उहा्रँका अनुसार अर्को बैठक साउन २६ गते पुनः बस्नेछ । आजको कार्यदलमा भएको छलफलबारे गठबन्धन दलमा आन्तरिक छलफल भएर फेरि बैठक बस्ने सहमति भएको पौडेलको भनाइ छ ।

कार्यदलमा नेपाली काँग्रेसबाट महामन्त्री गगन थापा, नेता कृष्णप्रसाद सिटौला, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की रहनुभएको छ । यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन, देव गुरुङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य हुनुहुन्छ ।

प्रत्यक्ष तर्फ प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३० निर्वाचन क्षेत्रको सिटमा बाँडफाँटका लागि कार्यदलले मापदण्ड र मोडालिटी बनाउने कार्यभार पाएको छ । प्रतिनिधिसभामा काँग्रेसले कम्तीमा ९५ सिट र अन्य दलले ८० देखि ८५ सिट दाबी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू