अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१८ | Colorodo: 16:33

देशभर थप ५५३ जनामा कोरोना संक्रमण

बिआरटीनेपाल २०७९ साउन २२ गते ८:२५ मा प्रकाशित

देशभर पछिल्लो २४ घण्टामा थप ५ सय ५३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ८९ जनाको नमूना परीक्षण गरिएको थियो ।

२ हजार ४० जनाको पीसीआर र १ हजार ७ सय ४९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ५ सय ५३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आइतबार ४ सय ३३ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ हजार ६ सय ५९ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू