अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४६ | Colorodo: 16:01

सत्तारुढ गठबन्धन कांग्रेस निर्देशित राजनीतिक पार्टीमा परिणत ओली

बिआरटीनेपाल २०७९ साउन २२ गते ८:०३ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन कांग्रेस निर्देशित राजनीतिक पार्टीमा परिणत भइसकेको टिप्पणी गर्नुभएको छ ।डुब्न लागेकाहरु गठबन्धनको त्यान्द्रो समातेर ज्यान जोगाउन खोजिरहेको उहाँले बताउनुभयो । आइतबार काठमाडौंमा आयोजित पार्टी निकट भुपू सैनिकको कार्यक्रममा ओलीले गठबन्धनका कुनै पनि दलसँग एक्लै चुनावमा जाने हिम्मत नरहेको टिप्पणी गर्नुभयो । एक्लै चुनावमा जाँदा गठबन्धनका सबै दल डुब्ने डरका कारण एक अर्काको फेरो समातेर चुनावमा जान लागेको अध्यक्ष ओलीले बताउनुभयो ।

गएको निर्वाचनमा माओवादी केन्द्रलाई एमालेले डुब्नबाट बचाएको भन्दै उहाँले अहिले उक्त पार्टी आफूलाई नेपाली कांग्रेसले हेपेको महशुस गरेर पनि गठबन्धनमा रहन बाध्य भएको बताउनुभयो । एमालेविरुद्ध कम्युनिष्ट, विकास र राष्ट्रियता विरोधी एक ठाउँ आइपुगेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री ओलीले गठबन्धन एमालेलाई रोक्न बनेको तर्क गर्नुभयो । एमाले लोकप्रिय भएर अरुको अस्तित्व संकटमा परेपछि अनेक आरोप लगाइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू