अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०८ | Colorodo: 14:23

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज तीन वटा खेल हुँदै

बिआरटीनेपाल २०७९ साउन २२ गते ७:५८ मा प्रकाशित

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् ।आज म्यानचेस्टर युनाइटेड र ब्राइटन, वेस्ट ह्याम र म्यानचेस्टर सिटी तथा लेस्टर सिटी र ब्रेन्टफोर्ड खेल्दैछन् ।युनाइटेड र ब्राइटन तथा लेस्टर सिटी र ब्रेन्टफोर्डबीचको खेल बेलुका पौने ७ बजे हुनेछ भने वेस्ट ह्याम र म्यानचेस्टर सिटीबीचको खेल बेलुका सवा ९ बजे सुरु हुनेछ ।

म्यानचेस्टर सिटी साविक विजेता क्लब हो । यसअघि गएराति भएका खेलमा चेल्सी, टोटेनह्याम, न्युकासल, बर्नमाउथ र लिड्स युनाइटेडले विजयी सुरुवात गरेका छन् ।हिजोको खेलमा लिभरपुल र फुल्ह्यामले दुई/दुई गोलको बराबरी खेलेका छन् । शुक्रवार भएको लिगको उद्घाटन खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई हराएको थियो ।

प्रतिक्रिया