अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३५ | Colorodo: 01:50

लिभरपुल नवप्रवेशी फुल्हमसँग बराबरीमा रोकियो

बिआरटीनेपाल २०७९ साउन २२ गते ७:३९ मा प्रकाशित

इंग्लिस प्रिमियर लिग फुटबलको आफ्नो पहिलो खेलमा लिभरपुल नवप्रवेशी क्लब फुल्हमसँग बराबरीमा रोकिएको छ ।शनिबार भएको खेलमा लिभरपुल फुल्हमसँग २–२ को बराबरीमा रोकिएको हो । फुल्हमको मैदानमा भएको खेलमा घरेलु टोलीका मित्रोभिचले दुई गोल गरे । लिभरपुलका लागि मोहम्मद सलाह र डार्विन नुनेजले एक एक गोल फर्काए ।

खेलको ३२ औं मिनेटमा मित्रोभिचले गोल गर्दै फुल्हमलाई अग्रता दिलाएका थिए । तर, ६४ औं मिनेटमा नुनेजले गोल गर्दै लिभरपुललाई १–१ को बराबरीमा ल्याए । ७२ औं मिनेटमा मित्रोभिचले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै फुल्हमलाई २–१ को अग्रता दिलाए । त्यसपछि ८० औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई २–२ गोलको बराबरीमा ल्याए ।

शनिबार राति नै भएका अन्य खेलहरुमा बर्नमाउथले एस्टन भिल्लालाई २–० ले हराउँदा लिड्स युनाइटडले वुल्भरह्याम्प्टन वान्डरर्समाथि २–१ को तथा न्युकासल युनाइटेडले नटिङ्घम फरेष्टमाथि २–० को जित निकालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू