अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४७ | Colorodo: 14:02

प्रिमियर लिगमा आर्सनलको विजयी सुरुवात

बिआरटीनेपाल २०७९ साउन २१ गते ७:४४ मा प्रकाशित

आर्सनलले इंग्लिस प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ । नयाँ सिजनको पहिलो खेलमा क्रिस्टल प्यालेसलाई २–० ले पराजित गर्दै आर्सनलले विजयी सुरुवात गरेको हो ।

खेलको २० औं मिनेटमा गाब्रियलले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । त्यसपछि, ८५ औं मिनेटमा मार्क गुएहिले आत्मघाती गोल गरेपछि आर्सनल २–० ले विजयी भयो । जितसँगै आर्सनलले पहिलो खेलमै ३ अंक जोडेको छ ।

प्रतिक्रिया