अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३९ | Colorodo: 16:54

नेपाली खेलकुदको भविष्य जोगाउन सरकारसँग अल्मुताइरीको अनुरोध

बिआरटीनेपाल २०७९ साउन २१ गते ७:४३ मा प्रकाशित

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली खेलकुदको भविष्य जोगाउन सरकारसँग अनुरोध गरेका छन् । पछिल्लो समय नेपाली फुटबल खेलाडीहरू विदेश पलायन भइरहेकोतर्फ इंगित गर्दै उनले यस्तो अनुरोध गरेका हुन् । आफ्नो भविष्य राम्रो बनाउन नेपाल छाडेर विदेश गएका खेलाडीहरूलाई आफूले दोष दिन नसक्ने बताउनुभयाे ।

सामाजिक सञ्जाल फेसबुकमा अल्मुताइरी लेख्छन: नेपाली खेलकुदको भविष्य जोगाउन केही गर्न सरकारलाई विनम्र अनुरोध गर्दछु । उनले खेलकुदको भविष्य जोगाउन सरोकारवाला निकायहरूले ५ देखि ७ जनाको टोली नै बनाएर समस्या समाधानको विषयमा सोच्नु पर्ने बताएका छन् । पछिल्लो दुई महिनामा नेपाली राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका ७ जना खेलाडी अस्ट्रेलिया पुगिसकेका छन् । आज मात्रै एन्फा एकेडेमीको उत्पादन मिडफिल्डर हेमन्त थापा मगर अस्ट्रेलिया पुगेका छन् । शुक्रबार नेपाली राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका फरवार्ड बिमल राना अस्ट्रेलिया गएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू