अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२९ | Colorodo: 02:44

निलम्बित प्रधानन्यायाधीश राणामाथिको महाअभियोग प्रस्तावमा आईतबारदेखि संसदमा छलफल हुने

बिआरटीनेपाल २०७९ साउन २१ गते ७:४० मा प्रकाशित

प्रतिनिधिसभा बैठकमा भोलिदेखि सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाभियोगको प्रस्तावमाथि छलफल हुने भएको छ ।

भोलिको बैठकमा राणामाथिको महाअभियोगबारे छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ । सचिवालयले प्रकाशन गरेको प्रतिनिधिसभाको भोलिको बैठकको सम्भावित कार्यसूचीको अन्तिम तथा चौथो बुँदामा ‘२०७८ फागुन १९ गतेको बैठकमा सांसद देवप्रकाश गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा २ एवं प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६१ को उपनियम १ बमोजिम प्रस्तुत गरेको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने’ उल्लेख छ ।

महाअभियोग दर्ता भएको पाँच महिनापछि संसदमा छलफल हुन लागेको हो ।  गएकाे फागुन १९ गते संसदमा महाभियोग दर्ता भएपछि प्रधानन्यायाधीश राणा स्वत: निलम्बनमा पर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू