अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१९ | Colorodo: 20:34

राजनीति गर्न सजिलो छैन : माधव नेपाल

बिआरटीनेपाल २०७९ साउन २० गते ७:४६ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक यात्रा सजिलो नभएको बताउनुभएको छ । आज शुक्रवार ललितपुरमा स्नेहलता जीवन कथाका पानाहरू जीवन संस्करण पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पुराना महिला योद्धाहरूलाई राजनीति गर्न धेरै गाह्रो भएको स्मरण गर्दै अहिले पनि राजनीति गर्ने काम सजिलो नभएको बताउनुभयो ।

जनताको सेवा गर्ने, समाज परिवर्तन गर्ने र देशको गरिमालाई माथि उठाउने पुराना योद्धाहरूको आचारण अनुरूपमा राजनीतिक उद्देश्य राख्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘पुराना महिला योद्धाहरूलाई राजनीति गर्न धेरै गाह्रो थियो । राजनीति गर्ने कुरा सजिलो हुँदैन । अहिलेसम्म पनि देखिन्छ । राजनीति सजिलो यात्रा होइन । राजनीतिमा धेरै कुराको चुनौती सामाना गर्नुपर्छ ।’

अध्यक्ष नेपालले पुराना योद्धाहरूबाट प्रेरणा लिन, सम्मान गर्न र उनीहरूको योगदानको प्रशंसा गर्न सकेमात्र इतिहासको कदर गरेको ठहरिने बताउनुभयो । उहाँले अहिलेका राजनीतिक नेतृत्वले इतिहासको कदर गर्न सक्यो भने मात्रै भविष्यले वर्तमानको कदर गर्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू