अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०६ | Colorodo: 13:21

ओली निवासमा सरकारले गुप्तचर परिचालन गरेको भन्ने समाचार निराधार : मन्त्री कार्की

बिआरटीनेपाल २०७९ साउन २० गते ७:४४ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केही सञ्चारमाध्यममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गुप्तचरी गर्नका लागि सरकारले गुप्तचर परिचालन गरेको भनी आएको समाचार निराधार भएको बताउनुभएको छ ।

यही साउन १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता कार्कीले भन्नुभयो, “पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गुप्तचरी गर्न सरकारले गुप्तचर परिचालन गरेको र नागरिकको फोन ट्यापिङ गरी वैयक्तिक गोपनीयतामा हस्तक्षेप गरेको भन्ने समाचार निराधार भएको कुरा स्पष्ट पार्न चाहन्छु ।” उहाँले सरकार व्यक्तिको स्वतन्त्रता र गोपनीयताको अधिकारप्रति सेचत रहेको बताउँदै कुनै भ्रममा नपर्नसमेत अपिल गर्नुभयो । सरकार गोपनीयताको सम्मान र सम्वद्र्धन गर्न प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू