अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०२ | Colorodo: 08:17

चीनले ताइवानमाथि मिसाइल खसालेको अड्कलबाजी, ९ वटा उडेको जापानको दावी

बिआरटीनेपाल २०७९ साउन २० गते ७:३१ मा प्रकाशित

चीनले पहिलो पटक ताइवानमाथि मिसाइल प्रहार गरेको हुनसक्ने अड्कलबाजी भइरहेको छ ।बेइजिङले बिहीबार ताइवानको उत्तर–पूर्वी र दक्षिण–पश्चिम तटहरू वरपरको पानीमा ११ ब्यालिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको थियो । अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले यस क्षेत्रमा सैन्य अभ्यासको नाममा मिसाइल प्रहार गरिरहेको छ ।

चीनको सरकारी सञ्चार माध्यमले शुक्रबार केही क्षेप्यास्त्रहरू ताइवानमाथि उडेको बताएको छ । सेनाको पूर्वी थिएटर कमाण्डरले सामाजिक सञ्जालमा पोस्ट गरेको एक टिभी अन्तर्वार्तामा नेसनल डिफेन्स युनिभर्सिटीका प्रोफेसरले मिसाइलले ताइवान पार गरेको दावी गरेका छन् । यद्यपि यसबारे चीन वा ताइवान सरकारबाट यसको पुष्टि भने हुन सकेको छैन् ।

यसअघि जापानको रक्षा मन्त्रालयले ९ वटा मिसाइलहरू ताइवानमाथि उडेको अनुमान गरेको थियो । तीमध्ये पाँच जना जापानको विशेष आर्थिक क्षेत्रमा पनि खसेको अमेरिकास्थित जापानी दूतावासले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू