अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१६ | Colorodo: 00:31

न्युयोर्कमा संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७९ साउन १३ गते १५:२० मा प्रकाशित

प्रवासी नेपाली मञ्च न्यु योर्क च्याप्टर र द गुरुङ (तमु ) सोसाइटी अमेरिकाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

न्युयोर्कको ज्याक्सन हाइटसमा अवस्थित सत्या नारायण मन्दिरमा गएको शनिवार सम्पन्न रक्तदान कार्यक्रममा ५१ पिन्ट रगत सङ्कलन भएको थियो । रगत दानबाट अन्य व्यक्तिको जीवन बचाउन सहयोग पुग्ने भएकोले रक्तदान आयोजना गरेको कार्यक्रम संयोजक एवं राज्य कमिटीको कोषाध्यक्ष उमा तामाङले जानकारी दिए ।

कार्यक्रममा प्रवासी नेपाली एकता मञ्चका अन्तर्राष्ट्रिय समन्वय कमिटीका सदस्यहरू राधाकृष्ण देउजा, सीता खरेल र यम लामा केन्द्रीय कमिटीका अध्यक्ष टेक गुरुङ, महासचिव शङ्कर पन्त कोषाध्यक्ष युवराज खनाल केन्द्रीय सदस्य वनिता कतिला लगायत उपस्थित थिए । आयोजक संस्था प्रवासी नेपाली मञ्च न्यु योर्क च्याप्टरका अध्यक्ष सौमेन्द्र रञ्जित र द गुरुङ (तमु) सोसाइटी अमेरिकाका अध्यक्ष तोरण गुरुङ लगायत संस्थाका पदाधिकारीहरुले रक्तदान दिई सहभागीहरुको हौसला बढाएका थिई ।

त्यस्तै, जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट, आदिवासी जनजाति महासङ्घ अमेरिकाका अध्यक्ष राजकुमार विष्ट नेपाली समुदायका अगुवाहरू छेवाङ लामा, दीपेश लिम्बु, विश्वराज बास्तोला, भरत लामा, विष्णु रानामगर, कुलदिप रानामगर, डा सुक गुरुङ डा. रस कुमारी गुरुङ, शारदा गुरुङ, भक्त गुरुङ, चन्दा गुरुङ, विजय गुरुङ, देवकी पन्त लगायतले रक्तदान गरेका थिए । कार्यक्रममा सहभागी रक्तदाताहरूलाई प्रशंसा पत्र प्रदान गरेका थिए ।

 

प्रतिक्रिया