अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०८ | Colorodo: 10:23

बेनिशा हमाल अभिनित फिल्म ‘प्रेमगञ्ज’ को ट्रेलर सार्वजनिक

बिआरटीनेपाल २०७९ साउन ११ गते ७:१२ मा प्रकाशित

अभिनेत्री बेनिशा हमाल अभिनित फिल्म ‘प्रेमगञ्ज’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ३ मिनेट ३० सेकेन्ड लामो ट्रेलरमा दुई पुस्ताको प्रेम कथालाई देखाइएको छ ।फिल्ममा बेनिशा हमाल, तेज गिरी, राइडर प्रशान, सुप्रिया खनाल, सम्पदा बानियाँ, पवन भट्टराई, सिमरन खड्का, नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीलगायत कलाकारको अभिनय छ । फिल्ममा सुरक्षा पन्तलाई अतिथि भूमिकामा देख्न सकिन्छ । यो फिल्मबाट तेज गिरीले डेब्यू गर्दैछन् ।

फिल्मलाई परिच्छेद सेनले निर्देशन गरेका हुन् । राजु फुँयाल प्रस्तुतकर्ता र अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको ‘प्रेमगञ्ज’को लेखक परिच्छेद आफैं हुन् । सञ्जय लामाले छायांकन गरेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । फिल्मलाई भदौ ३ गते बाट प्रदर्शनमा ल्याइने छ ।

प्रतिक्रिया