अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३८ | Colorodo: 15:53

गायक जगदीश समालको ‘सरसर माया’ सार्वजनिक (भिडियो)

बिआरटीनेपाल २०७९ साउन ७ गते २०:०९ मा प्रकाशित

चर्चित गायक जगदीश समालको नयाँ गीत ‘सर सर माया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा डी.पी खनालको शब्द रचना, शङ्कर थापा ”स्माईल”को सङ्गीत तथा उदयराज पौडेलको सङ्गीत संयोजन रहेको छ।

अहिलेका व्यस्त कलाकार नाजिर हुसेन र रुबिना थापाको साथमा नव कलाकार रोजिना धिमालले अभिनय गरेको म्युजिक भिडियोमा अर्जुन तिवारी र टिमको छाँयाकंन रहेको छ । भिडियोलाई सुप्रीम पराजुलीले सम्पादन तथा रङ्ग संयोजन गरेका हुन् । राजीव समरको नृत्य निर्देशन साथै शान थापाको निर्देशन रहेको यस म्युजिक भिडियोलाई गायक समालको अफिसियल युट्युब च्यानल “जगदीश समाल” मार्फत सार्वजनिक गरिएको छ । हर्क राई र मधु राईको प्रस्तोता रहेको भिडियोलाई सार्वजनिक भए सँगै दर्शकको सकारात्मक प्रतिक्रिया आएको छ ।

प्रतिक्रिया