अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४९ | Colorodo: 00:04

”नेपाल- भारतबीचको सन् १९५०को सन्धि पुनरावलोकन गर्नुपर्छ” : प्रचण्ड

बिआरटीनेपाल २०७९ असार ३२ गते ४:०८ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल- भारतबीच भएको सन् १९५०को सन्धि पुनरावलोकन गर्नुपर्ने बताउनुभएको छ । शनिबार भारतको राजधानी नयाँदिल्लीस्थित फाउन्डेशन फर पब्लिक अर्वानेश एण्ड पोलिसीको कार्यक्रममा बोल्दै उहाँले सन् १९५०को सन्धि पुनरावलोकन गर्नुपर्ने बताउनुभएको हो ।

कूटनीतिक संवादमार्फत् दुई मुलुकबीचमा देखिएका समस्याहरू समाधान गरेर जान पनि सो सन्धिको पुनरावलोकन गर्न ढिलाई गर्न नहुने प्रचण्डको भनाई थियो ।
त्यस अवसरमा अध्यक्ष प्रचण्डले नेपाल(भारत प्रवुद्ध समूहले तयार पारेको प्रतिवेदनलाई दुई मुलुकबीचको सम्बन्धमा अझ प्रगाढ बनाउने गरी ग्रहण गरेर अघि बढनुपर्ने पनि स्पष्ट पार्नुभयो ।

प्रचण्डले नेपाल-भारतबीचको सम्बन्ध परापूर्वकालदेखिनै प्रगाढ रहेको उल्लेख गर्दै त्यसमा कुनै समस्या आए कूटनीतिक संवादको माध्यमबाट समाधान गर्दै अघि बढन सकिने उल्लेख गर्नुभयो । प्रचण्डले नेपालको कृषि, पूर्वाधार, पर्यटनमा लगानी बढाउन पनि भारतसँग आग्रह समेत गर्नुभएको छ ।

नेपाल सरकारले निर्यातजन्य उद्योगलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै त्यसमा लगानी गरेर पनि उच्च प्रतिफल लिन सकिने अवसर रहेको पनि उहााले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू