अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४६ | Colorodo: 14:01

उपराष्ट्रपतिसँग भारतीय राजदूतको भेटवार्ता, त्रिदेशीय सहकार्यबारे छलफल

बिआरटीनेपाल २०७९ असार २३ गते ८:२९ मा प्रकाशित

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । बिहीबार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको थियो ।

भेटमा उपराष्ट्रपतिले नेपाल र भारतको सम्बन्ध विशिष्ट प्रकारको रहेको बताउनुभयो । उहाँले दुई देशबीच धार्मिक, सांस्कृतिक, आर्थिक सम्बन्ध रहेको उल्लेख गर्दै सम्बन्धलाई दिगो बनाउनुपर्नेमा जोड दिनुभयो। उपराष्ट्रपतिले नेपाल भारत र चीनको बीचमा रहेको बताउँदै नेपाल, भारत र चीनबीच त्रिपक्षीय सहकार्य गर्नुपर्ने बताउनुभयो । त्रिपक्षीय सहकार्यमा नेपालले सकारात्मक भूमिका खेल्न सक्ने उहाको भनाई थियो ।

भेटमा उपराष्ट्रपतिले भारतसँग नेपालको व्यापार घाटा उच्च रहेको बताउँदै व्यापार सन्तुलनका लागि भारतको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उपराष्ट्रपतिसँगको भेटमा भारतीय राजदूत श्रीवास्तवले नेपाल भारतको असल छिमेकी मित्र भएको बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू