अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:११ | Colorodo: 16:26

वायु सेवा निगममा अधिकारीलाई निरन्तरता दिन सर्वोच्चको आदेश

बिआरटीनेपाल २०७९ असार २३ गते ८:२० मा प्रकाशित

सर्वोच्च अदालतले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई निरन्तरता दिने अल्पकालीन अन्तरिम आदेश दिएको छ ।निगम अध्यक्षमा चार वर्षका लागि नियुक्त गरिएको भन्दै सर्वोच्चले कार्यकारी अध्यक्षमा अधिकारीलाई निरन्तरता दिन अल्पकालीन अन्तरिम आदेश दिएको हो । अधिकारी २०७८ कात्तिक ११ गते निगमको कार्यकारी अध्यक्षमा नियुक्त हुनुभएको थियो ।

आदेशमा अहिलेका दिपुराज ज्वारचनलाई निगमको महाप्रबन्धकका रूपमा कामकाज गर्न रोक लगाउँदै निगमको कार्यकारी अध्यक्षमा अधिकारीलाई निरन्तरता दिन भनिएको छ । सर्वोच्चले असार २८ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । सर्वोच्चको फैसलापछि संक्षिप्त प्रतिक्रिया दिँदै कार्यकारी अध्यक्ष अधिकारीले अदालतले न्याय र अन्याय हेर्छ भन्ने आफूलाई महसुस भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू