अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४१ | Colorodo: 03:56

इन्धन आयातमा सहयोग गर्न रुसलाई श्रीलंकाको आग्रह

बिआरटीनेपाल २०७९ असार २३ गते ७:४५ मा प्रकाशित

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग इन्धन आयातका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ ।इन्धन आयात गर्न ऋण सहयोगको प्रस्ताव अनुरोध गरेको श्रीलंकाका राष्ट्रपति राजापाक्षेले बताउनुभएको हो ।साथै दुई देशबीच पर्यटन, व्यापार र संस्कृति जस्ता क्षेत्रहरूमा द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्ने सहमति भएको उहाँले जानकारी दिनुभएको छ । पुटिनसँग धेरै फलदायी छलफल भएको भन्दै राजापाक्षेले मस्को र कोलम्बो बीचको उडानहरू पुनः सुचारु गर्नका लागि अनुरोध गरेको उल्लेख गर्नुभयो ।

श्रीलंकाले सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि सबैभन्दा नराम्रो आर्थिक संकटको सामना गरिरहेको छ । हालैका महिनाहरूमा संकटको समयमा इन्धन आपूर्ति बढाउन श्रीलंकाले रूसबाट तेल खरिद गरिरहेको छ । यद्यपी, श्रीलङ्काको ७० वर्षदेखिको सबैभन्दा खराब आर्थिक सङ्कटलाई समाधान गर्ने श्रीलङ्काको प्रयास, भारत र चीनबाट आर्थिक सहयोग प्राप्त गर्ने, इन्धन, बिजुली, खाद्यान्न र अन्य अत्यावश्यक वस्तुहरूको हप्तौंको अभावको अन्त्य गर्ने प्रयास अहिलेसम्म सफल हुन सकेको छैन् ।

गत हप्ता, इन्धन जोगाउने प्रयासमा गैर–आवश्यक सवारी साधनहरूको लागि पेट्रोल र डिजेलको बिक्रीमा रोक लगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू