अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२० | Colorodo: 01:35

युरोकप फुटबल : इंग्ल्याण्डद्वारा अष्ट्रिया पराजित

बिआरटीनेपाल २०७९ असार २३ गते ७:३८ मा प्रकाशित

युरोकप महिला फुटबल इंग्ल्याण्डमा सुरू भएको छ ।म्यान्चेस्टरमा बुधबार राति भएको उद्घाटन खेलमा घरेलु टोली इंग्ल्याण्डले अष्ट्रियालाई १–० ले हराएको छ ।

खेलमा इंग्ल्याण्डलाई विजयी गराउन बेथ मिडले १६ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।जितसँगै इंग्ल्याण्डले समुह ‘ए’ मा ३ अंकसहित अग्रता लिएको छ ।

यही समुहको अर्को खेलमा आज बिहीबार राति नर्वेले नर्दन आयरल्याण्डको सामना गर्नेछ । १६ टोली सहभागि युरोकप फुटबल जुलाई ३१ तारिखसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू