अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५० | Colorodo: 14:05

खराब ब्याटिङका कारण क्यानाडाविरुद्धको एकदिवसीय खेलमा नेपाल ८३ रनले पराजित

बिआरटीनेपाल २०७९ असार २३ गते ७:३२ मा प्रकाशित

खराब ब्याटिङका कारण नेपाल घरेलु टोली क्यानाडाविरुद्धको एकदिवसीय खेलमा ८३ रनले पराजित भएको छ ।बुधबार राति किङ सिटी स्टेडियममा १ सय ८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय ५ रनमा समेटिएको हो ।नेपालका ब्याटर देव खनालले सर्वाधिक २६ रन बनाए । पवन सर्राफले १४, विनोद भण्डारी, बसिर अहमेद र आदील आलम समान १३ रन, कप्तान सन्दीप लामिछानेले ११ रन बनाए । रोहित पौडेल ६, करण केसी ५, कुशल भुर्तेल १ रनमा आउट हुँदा दिपेन्द्र सिंह ऐरी र आरिफ शेख खाता खोल्न सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानाडाले ५० ओभरमा ९ विकेट गुमाउदै १८८ रनको योगफल तयार पारेको थियो ।क्यानाडाका लागि श्रेयस मोभाले सर्वाधिक ५० रन बनाए । यस्तै, आरोन जोनसनले ४४, अमर खालीदले ३० रनको योगदान गरे । नेपालका कप्तान सन्दीपले ३ विकेट लिए । यस्तै, दीपेन्द्र ऐरीले २ तथा बसिर अहमेद, किशोर महतो, करण केसी र आदील आलमले समान एक विकेट लिए ।

यसअघि अघिल्लो एकदिवसीय खेल भने वर्षाको कारण स्थगित भएको थियो । अब, नेपाल आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखला खेल्न स्कटल्यान्ड जाने भएको छ । स्कटल्याण्डमा नेपालले आयोजक स्कटल्यान्ड र नामिबियाबीच प्रतिस्पर्धा गर्ने छ ।

प्रतिक्रिया