अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२४ | Colorodo: 01:39

नवौं राष्ट्रिय खेलकुद तयारीका लागि आयोजक कमिटीको बैठक शुक्रबार

बिआरटीनेपाल २०७९ असार २३ गते ७:३१ मा प्रकाशित

नवौं राष्ट्रिय खेलकुदको आवश्यक तयारीका लागि शुक्रबार मूल आयोजक कमिटीको बैठक बस्दैछ ।खेलकुद मन्त्री महेश्वर जंग गहतराजले प्रतियोगिता तयारीको छलफलका लागि बैठक बोलाउनुभएको हो । बैठकमार्फत कार्यकारी समिति र विभिन्न तयारी उपसमिति गठन गरेर नवौंको आयोजनामा जुट्ने मन्त्री गहतराजको योजना छ ।

गण्डकी प्रदेशमा यसै वर्ष प्रतियोगिताको आयोजना गर्ने घोषणा गरेको सरकारले सोही अनुसार तयारी अघि बढाएको हो ।

मन्त्रिपरिषद् बैठकले जेठ २२ देखि २९ गतेसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो । तर स्थानीय चुनाव, सार्वजनीक खरिद ऐन, विद्यार्थीको परिक्षा, वर्षाको मौसम र आवश्यक तयारी नपुग्ने लगायतका विभिन्न कारण देखाउँदे प्रतियोगिता असोज २८ देखि कात्तिक ३ गतेसम्मका लागि सारिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू