अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३७ | Colorodo: 00:52

देशभर थप ७८ जनामा कोरोना संक्रमण

बिआरटीनेपाल २०७९ असार २३ गते ७:१४ मा प्रकाशित

देशभर पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ३ हजार ५ सय १५ जनाको नमूना परीक्षण गरिएको थियो । १ हजार ३ सय ४८ जनाको पीसीआर र २ हजार १ सय ३१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बिहिबार २३ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ सय ८ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू