अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१० | Colorodo: 20:25

नेपाल र क्यानाडाबीचको दोस्रो खेल आज

बिआरटीनेपाल २०७९ असार २२ गते ८:०७ मा प्रकाशित

क्यानाडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ ।दोस्रो एकदिवसीय अन्तर्गत नेपालले बुधबार क्यानाडाको सामना गर्न लागेको हो । किङ सिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरू हुनेछ ।

नेपाल र क्यानाडाबीचको पहिलो एकदिवसीय खेल भने वर्षाका कारण रद्द भएको थियो । विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले क्यानाडामा अभ्यास गरिरहेको छ ।

क्यानाडासँगको सिरिजपछि नेपाली टोली स्कटल्याण्ड प्रस्थान गर्नेछन् । नेपालले स्कटल्याण्डमा हुने लिग टू अन्तर्गतको सिरिजमा घरेलु टोली र नामिबियासँग खेल्नेछ ।

प्रतिक्रिया