अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२२ | Colorodo: 00:37

बेलायतका रक्षामन्त्री र स्वास्थ्य मन्त्रीले दिए राजीनामा

बिआरटीनेपाल २०७९ असार २२ गते ७:११ मा प्रकाशित

बेलायतमा रक्षामन्त्री र स्वास्थ्य मन्त्रीले एकसाथ पदबाट राजीनामा दिएका छन् ।रक्षा मन्त्री कृषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदले राजीनामा दिएपछि बेलयती प्रधानमन्त्री बोरिस जोन्सन अप्ठेरोमा पर्नुभएको छ । दुवै मन्त्रीले प्रधानमन्त्री जोन्सनसँग काम गर्न सहज वातावरण नभएको भन्दै राजीनामा दिएका हुन् । यी दुई मन्त्रीको राजीनामासँगै गत महिना अविश्वासको प्रस्तावबाट बच्नु भएका प्रधानमन्त्री जोन्सनमाथि राजीनामाको दवाव बढेको छ ।

यसअघि यौन दुराचारको आरोप लागेका सांसद क्रिस पिंचरलाई बढुवा गरेको भन्दै प्रधानमन्त्री जोन्सनको ब्यापक आलोचना भएको थियो । सोही घटनालाई लिएर रक्षा र स्वास्थ्य मन्त्रीले राजीनामा दिएको अनुमान गरिएको छ । गत महिना बेलायतको सत्ताधारी कन्जरभेटिभ पार्टीका ५० भन्दा बढी सांसदहरुले प्रधानमन्त्री जोन्सनको राजीनामा माग गरेको थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू