अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०१ | Colorodo: 10:16

देशभर एकैदिन ११३ जनामा कोरोना संक्रमण पुष्टि

बिआरटीनेपाल २०७९ असार २२ गते ७:०५ मा प्रकाशित

देशभर पछिल्लो २४ घण्टामा थप १ सय १३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा २ हजार ७ सय २४ जनाको नमूना परीक्षण गरिएको थियो । १ हजार ५ सय ४९ जनाको पीसीआर र १ हजार १ सय ७५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ सय १३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बुधबार २० जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ४ सय ७१ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू