अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२१ | Colorodo: 09:36

जन्मसिद्धका आधारमा नागरिकता दिने सहमति जुट्यो : राजेन्द्र महतो

बिआरटीनेपाल २०७९ असार २२ गते ७:०१ मा प्रकाशित

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र महतोले जन्मसिद्धका आधारमा सन्तानहरुलाई नागरिकता दिने सवालमा सहमति जुटेको बताउनुभएको छ ।बुधबार संसद भवन बाहीर सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले जन्मसिद्धका सन्तानलाई संविधानको व्यवस्था अनुसार कानून बनाएर नागरिकता दिन सरकार तयार भएको बताउनुभएको हो ।

उहाँले संसदमा रहेको पुरानो नागरिकता विधेयक फिर्ता गरेर नयाँ विधेयक लगि पारित गर्न सरकार सहमत भएको बताउनुभयो । संसदमा छिट्टै नागरिकता सम्बन्धि नयाँ विधेयक ल्याउन गृहमन्त्री बालकृष्ण खाँणले प्रतिवद्धता जनाएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू