अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४४ | Colorodo: 18:59

१० लाखसम्म धरौटी माग्ने न्यायाधीशलाई कुट्नुपर्छ : नेत्रविक्रम चन्द

बिआरटीनेपाल २०७९ असार २२ गते ६:५४ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले हिंसाप्रेरित अभिव्यक्ति दिनुभएको छ ।देश बेच्न पाईदैन भनेर एमसीसीजस्तो राष्ट्रघाती सम्झौंताविरुद्ध लडाई लडेर जेल परेका आफ्ना पार्टीका कार्यकर्तालाई १० लाखसम्म धरौटी माग्ने न्यायाधीशलाई कुटनुपर्ने बताउनु भएको हो ।बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले देश बचाउन लडाई लडेका आफ्ना कार्यकर्तालाई रिहाई गर्न यति धेरै धरौटी माग गर्ने न्यायाधीश को हुन ? भनि पटकपटक प्रश्न समेत गर्नुभयो ।

महासचिव विप्लवले सो आन्दोलनको क्रममा गिरफ्तार भएका आफ्ना पार्टीमा आवद्ध विद्यार्थीहरुलाई अदालतले धेरै धरौटी मागेको उल्लेख गर्दै कहाँबाट ल्याएर तिर्ने भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो । महासचिव विप्लवले एमसीसी संसदबाट पारित भएपनि त्यसलाई कार्यान्वयन हुन नदिने अडान समेत दोहो¥याउनुभयो । उहाँले क्रान्ति गर्न डराएकाहरुले मात्रै आफ्नो पार्टी छाडेको दावी गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू