अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४० | Colorodo: 02:55

इटलीमा ७० वर्षयताकै ठूलो खडेरी, पाँच वटा क्षेत्रमा आपत्कालीन अवस्थाको घोषणा

बिआरटीनेपाल २०७९ असार २१ गते ८:४२ मा प्रकाशित

इटलीका पाँच वटा क्षेत्रमा खडेरीका कारण आपत्कालीन अवस्थाको घोषणा गरिएको छ । इमिलिया–रोमाग्ना, फ्रिउली–भेनेजिया जिउलिया, लोम्बार्डी, पिडमोन्ट र भेनेटोमा आपत्काल घोषणा गरिएको हो । याे उपत्यकालाई आवश्यक आपत्कालीन कोषको समेत घोषणा गरिएको छ ।यो क्षेत्र इटलीको कृषि उत्पादनको झन्डै एक तिहाइ हो र ७० वर्षको सबैभन्दा खराब खडेरीबाट ग्रस्त बनेको छ ।

इटलीले यो वर्ष असामान्य गर्मीको लहर र खडेरीको सामना गरिरहेको छ । वर्तमान अवस्थालाई ध्यानमा राखेर प्रभावित नागरिकलाई राहत र सहायता प्रदान गर्नु आपत्कालीन अवस्थाको उद्देश्य रहेको सरकारले जनाएको छ । खडेरी सामना गर्न सरकारले थप कदम चाल्न सक्ने र गर्मी मौसमको तापलहरले स्थानीयलाई समस्या भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

आपत्कालीन अवस्था घोषणाबाट क्षतिको क्षतिपूर्ति र सार्वजनिक सुरक्षाको ग्यारेन्टी गर्न सहयोग पुग्ने अपेक्षा छ । खडेरीकै कारण विद्युत् उत्पादनमा ह्रास आएको छ । जलविद्युत् प्लान्टहरु प्रायः उत्तरी क्षेत्रमा छन् र राष्ट्रिय ऊर्जा उत्पादनको झन्डै २० प्रतिशत योगदान पुर्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू