अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२५ | Colorodo: 06:40

मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्रीको बारेमा कुरै उठेन

बिआरटीनेपाल २०७९ असार २१ गते ८:२२ मा प्रकाशित

बजेट निर्माणको प्रक्रियामा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर परिवर्तन गरेको विषयमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिनुभएको छ । सत्ता गठबन्धन दलकै नेताहरूले उहाँको राजीनामा माग गरेका छन् ।

उहाँलाई प्रधानमन्त्रीले राजीनामा दिन आग्रह गर्ने र राजीनामा नदिएमा बर्खास्त गर्नुपर्ने आवाज उठिरहेको छ । तर आजको मन्त्रिपरिषद्को बैठकमा अर्थमन्त्रीको बारेमा एक शब्द पनि कुरा नउठेको युवा तथा खेलकुमन्त्री महेश्वरजंग गहतराजले  जानकारी दिनुभयो ।

‘उहाँको बारेमा बैठकमा एक शब्द पनि कुरा उठेन, बरु अर्थ मन्त्रालयसँग सम्बन्धित केही प्रस्ताव पारित भएका छन्, अर्थमन्त्रीले आयात घटाउने र निर्यात बढाउने विषयमा केही योजना राख्नुभयो’, मन्त्री गहतराजले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू