अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०० | Colorodo: 11:15

कांग्रेस पदाधिकारी बैठक : निर्वाचन विधेयकबारे छलफल सुरु

बिआरटीनेपाल २०७९ असार २१ गते ८:१८ मा प्रकाशित

सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसले निर्वाचन आयोगद्वारा प्रस्तावित निर्वाचनसम्बन्धी विधेयकको बारेमा छलफल सुरु गरेको छ । आज मङ्गलवार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टी पदाधिकारी बैठकमा याे विधेयकको बारेमा छलफल सुरु भएकाे हाे । उम्मेदवारी दर्ता हुनेदेखि मतगणनाका लागि गरिने व्यवस्थाहरूलाई समावेश गरेर निर्वाचन आयोगले प्रस्ताव गरेको विधेयकको बारेमा पार्टीभित्र प्रारम्भिक छलफल सुरु गरिएको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिनुभयो ।

बैठकमा पार्टीको भातृ संस्थाको विधानमा एकरूपता ल्याउने विषयमा के भइराखेको छ भन्ने विषयमा पनि छलफल गरिएको थियो । पार्टीको अब बस्ने केन्द्रीय समिति बैठकमा त्यसलाई पारित गराउने गरी पदाधिकारी बैठकमा छलफल गरिएको पनि उहाँले जानकारी दिनुभयाे । कांग्रेसले तत्कालीन केन्द्रीय सदस्य एनपी साउदको नेतृत्वमा गठित कार्यदललाई भातृ संस्थाहरूको विधानमा एकरूपता ल्याउने जिम्मेवारी दिएको थियो । त्यसैलाई केन्द्रीय समितिबाट पारित गराउनुपर्ने भएकाले छलफल गरिएको केन्दरीय सदस्य विश्वकर्माकाे भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू