अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२७ | Colorodo: 01:42

नेपाल र क्यानाडा भिड्दै

बिआरटीनेपाल २०७९ असार २१ गते ८:१६ मा प्रकाशित

क्यानाडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मंगलबार घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ ।पहिलो एकदिवसीय अन्तर्गत मंगलबार नेपालले क्यानाडासँग नेपाली समयानुसार राति पौने १० बजे प्रतिस्पर्धा गर्न लागेको हो ।नेपाल र क्यानाडा पहिलो खेलमा जित निकाल्दै सिरिजमा सुखद सुरुवात गर्न चाहन्छन् ।

स्कटल्याण्डमा आयोजना हुन लागेको एक दिवसीय श्रृंखलाको तयारीका लागि सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोलीले एक हप्ताअघिबाट क्यानाडामा अभ्यास गरिरहेको छ ।यसअघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो । दुबै खेल नेपालले जितेको थियो ।

क्यानाडाको राष्ट्रिय टिमसँग आज मंगलबार र भोलि बुधबार दुई एकदिवसीय अभ्यास खेल्नेछ । त्यसपछि क्यानाडाबाट नै नेपाली टोली स्कटल्याण्डमा आयोजना हुने आईसीसी पुरुष विश्वकप लिग टूको लागि प्रस्थान गर्नेछ । स्कटल्याण्डमा नेपालले समूहमा बलियो मानिएका दुई टिम आयोजक स्कटल्याण्ड र नामिबियासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू