अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४८ | Colorodo: 06:03

अमेरिकामा परेडमा गोली प्रहार गर्ने युवक पक्राउ

बिआरटीनेपाल २०७९ असार २१ गते ८:०९ मा प्रकाशित

अमेरिकाको शिकागोमा साेमबार राष्ट्रिय स्वतन्त्रता दिवसमा परेडका क्रममा अन्धाधुन्ध गोली प्रहार गर्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।शिकागोको हाईल्याण्ड पार्कमा आयोजित परेडका दौरान गोली प्रहार गर्ने २२ वर्षीय युवक रोबर्ट इ क्राइमोलाई प्रहरीले पक्राउ गरेको हो । घटनामा ६ जनाको मृत्यु भएको थियो भने २४ जना घाइते भएका छन् । प्रहरीका अनुसार उनको साथबाट एउटा राइफल बरामद गरिएको छ ।

परेडमा सामेल भएकाहरुमाथि आक्रमणकारीले एक अग्लो भवनको छतबाट बन्दुक चलाएका थिए । अन्धाधुन्ध गोली प्रहार गरेपछि भागदौड मच्चिएको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले आक्रमणप्रति दुःख व्यक्त गर्दै घटनाको खबरले स्तब्ध भएको प्रतिकृया दिनुभएको छ । साथै उहाँले अमेरिकामा बन्दुकबाट हुने हिंसाविरुद्ध कारबाही जारी राख्ने प्रतिवद्धता पनि दोहोर्याउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू