अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५५ | Colorodo: 16:10

चट्याङ् लागेर दुई जनाको मृत्यु, ९ घाइते

बिआरटीनेपाल २०७९ असार २१ गते ८:०७ मा प्रकाशित

प्युठानमा चट्याङ् लागेर दुई जनाको मृत्यु भएको छ ।चट्याङमा परी ९ जना घाइते भएका छन् । मंगलबार बिहान चट्याङमा परी घाइते भएका ऐरावती गाउँपालिका– ६ का ७ वर्षीय रमन परियार र १२ वर्षीय किरण परियारको उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी प्रमुख डिएसपी सत्यनारायण थापाका अनुसार चट्याङ लागेर ऐरावती–६ का ५ जना र ऐरावती–१ मा थप ४ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ भने अन्य ८ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू