अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४४ | Colorodo: 01:59

कोलोराडो हाइवेमा सबैभन्दा ठुलो परिणाम लागु औषध (फेन्टेनाइल) जफत

बिआरटीनेपाल २०७९ असार २० गते १०:४२ मा प्रकाशित

कोलोराडो । कोलोराडो प्रहरीको विशेष टोलीले ठुलो परिणाममा लागु औषध फेन्टेनाइल जफत गरेको छ । हाइवेमा जफत गरिएको फेन्टेनाइलको मात्रा हालसम्मकै ठुलो रहेको विश्वास गरिएको छ ।

फेन्टेनाइल गत महिना इन्टरस्टेट ७० मा जफत गरिएको प्रहरीले जनाएको छ । प्रहरीले गत जुन २० मा डेन्भरतर्फ गइरहेको कार उक्त इन्टरस्टेट ७० हाइवेमा रोकेको थियो । उक्त कारमा १सय १४ पाउन्ड लागु औषध फेन्टेनाइल फेला परेको थियो । धुलो फेन्टेनाइललाई ४८ वटा इँटा बनाएर उक्त कारको सिटमुनि राखिएको थियो ।

लागु औषध विशेषज्ञहरूका अनुसार विषका रूपमा प्रयोग गरे १ सय १४ पाउन्ड फेन्टेनाइलले झन्डै २ करोड ६० लाख मानिसको ज्यान लिन सक्छ । सिपिएस स्मग्लिङ, ट्राफिकिङ एण्ड इन्टरडिक्सन युनिट (एसटिआइएस) का क्याप्टेन बिल बेकर्लीले कार चालकको परिचय गोप्य राखिएको बताए । बेकर्लीका अनुसार लागु औषध माफियाबाट कार चालकको परिवारका सदस्यहरूको ज्यानको खतरा रहेकाले उनको परिचय गोप्य राखिएको हो ।

बेकर्लीले कोलोराडो स्टेट पेट्रोल ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेशनसँग मिलेर लागू औषधबारे छानबिन गरिरहेको बताएको छन् । अधिकारीहरूले उक्त कार जर्ज टाउन नजिकै रोकेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू