अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२९ | Colorodo: 08:44

अध्यागमनको अधिकार नेपाल प्रहरीलाई दिन सांसदकाे माग

बिआरटीनेपाल २०७९ असार २० गते ८:३४ मा प्रकाशित

नेकपा एमालेका सांसद झपटबहादुर रावलले नेपाल प्रहरीलाई नै अध्यागमनको अधिकार दिनुपर्ने बताउनुभएको छ ।सोमवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।उहाँले अध्यगमनको कुरा राज्यको राष्ट्रिय सुरक्षासँग जोडिएको विषय भएकोले यसको जिम्मेवारी नेपाल प्रहरीलाई नै दिनुपर्ने बताउनुभयो ।

सांसद रावलले अध्यगमनको बारेमा हतारमा निर्णय लिनुभन्दा यसलाई गम्भीरताका साथ छलफल गरेर मात्रै विधेयक र नीति निर्माण गर्नुपर्ने आवश्यक्ता रहेको बताउनुभयो । उहाँले अध्यागमनको जिम्मेवारी निजामति कर्मचारीलाई दिने कुरामा सहमत हुन नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अध्यागमन निजामति कर्मचारीलाई भन्दापनि नेपाल प्रहरीलाई नै यो सबै जिम्मेवारी दिनुपर्छ । यो राज्यको राष्ट्रिय सुरक्षासँग जोडिएको विषय हो । त्यसैले यसलाई हामीले गम्भीरताका साथ लिनुपर्छ । अध्यागमन भनेको आफैमा सुरक्षा हो । अध्यागमनलाई नेपाल प्रहरी वा अन्य सुरक्षा निकाय अन्तर्गत राख्ने गरेर जानुपर्छ ।’

सांसद रावलले अध्यागमनलाई नेपाल प्रहरी वा अन्य सुरक्षा निकाय अन्तर्गत राख्ने गरेर जानुपर्ने बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू