अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१५ | Colorodo: 17:30

दिनभर हरियाली रहेको शेयर बजार पौने ३ बजेपछि ओरालो, कारोबार रकम ४ अर्ब रुपैयाँभन्दा धेरै

बिआरटीनेपाल २०७९ असार २० गते ८:३२ मा प्रकाशित

शेयर बजार आज साेमवार दिनभर तल–माथि हुँदै बन्द हुने बेलामा घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव ७५ अङ्कले घटेर २ हजार ७६ दशमलव ६७ विन्दुमा झरेको छ ।दिउँसो १ बजेर ६ मिनेट जाँदा नेप्से ६२ अङ्कले बढेर २१ सय ४८ विन्दुसम्म पुगेको थियो । पौने ३ बजेदेखि नेप्से ओरालो लागेर २६ अङ्कसम्म घटेको थियो  । तर बन्द हुने बेलामा भने झन्डै १० अङ्कले ओरालो लाग्यो ।

नेप्से घटे पनि कारोबार रकममा भने निकै सुधार भएको छ । दुई सय ३४ वटा कम्पनीका एक करोड नाै लाख कित्ता शेयर चार अर्ब ३४ करोड ९२ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको १७ करोड ५८ लाख र हिमालयन डिष्टिलरीको १६ करोड ९० लाख रुपैयाँको शेयर किनबेच भयो । आज युनियन र ग्रिन लाइफ हाइड्रोको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घट्दा पनि सीवाईसी नेपाल लघुवित्त र ङादी ग्रुप पावरको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू