अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३९ | Colorodo: 15:54

एकीकृत समाजवादीको बैठकमा माओवादीसँग एकताबारे माधव नेपालको ब्रिफिङ

बिआरटीनेपाल २०७९ असार २० गते ८:२५ मा प्रकाशित

नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टी एकताबारे आएको प्रस्तावबारे ब्रिफिङ गर्नुभएको छ ।। सोमबार झण्डै ६ घण्टा बसेको सो पार्टीको सचिवालय बैठकमा तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरूबीचको बैठकमा पार्टी एकताबारे आएको प्रस्तावबारे नेपालले ब्रिफिङ गर्नुभएको हो ।

अध्यक्षले पार्टी एकताका लागि आएको प्रस्तावबारे सामान्य ब्रिफिङ भएको जानकारी दिंदै सचिवालय सदस्य प्रकाश ज्वालाले तर यसमा अहिले नै निर्णयमा पुग्न सकिँदैन तर पार्टीभित्र पनि छलफल गर्नुपर्ने बताउनुभयो । आइतबार तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच छलफल भएको थियो । उक्त छलफलमा नेता गौतमले माओवादी र समाजवादीबीच चुनाव अघि नै एकता गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको थियो ।

समाजवादीको सचिवालय बैठकमा सो पार्टीको असार १४ गते सम्पन्न केन्द्रीय परिषद् बैठकको समीक्षा गर्नुका साथै परिषद् बैठकमा अध्यक्ष माधवकुमार नेपालको पेस गरेको राजनीतिक प्रतिवेदनमा आएका सुझाव समेटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू