अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२० | Colorodo: 06:35

देशभर थपिए ४० कोरोना संक्रमित

बिआरटीनेपाल २०७९ असार २० गते ८:१६ मा प्रकाशित

पछिल्लो २४ घन्टामा देशभर थप ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ४० जनामा संक्रमण पुष्टि भएको हो। ३ हजार १० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

एक हजार ८४७ जनाको पिसिआर र १ हजार १६३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ३४८ जना सक्रिय संक्रमित छन्।१९ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू