अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५२ | Colorodo: 04:07

टर्कीमा २४ वर्षयताकै उच्च मूल्यवृद्धि, खाद्यान्नको भाउ ९४ प्रतिशतले बढ्यो

बिआरटीनेपाल २०७९ असार २० गते ८:१३ मा प्रकाशित

टर्कीमा २४ वर्षयताकै धेरै महँगी भएको छ । टर्की सरकारको तथ्याङ्क विभागका अनुसार गएको जुन महिनामा मूल्यवृद्धि ७८ दशमलव ६२ प्रतिशत पुगेको छ । यो २४ वर्षयताकै उच्च मूल्यवृद्धि हो ।

सन् १९९८ मा टर्कीमा ८० प्रतिशत मूल्यवृद्धि भएको थियो । गएको जुन महिनामा वस्तु हेरेर शून्य दशमलव आठ प्रतिशतदेखि १६ दशमलव ५१ प्रतिशतसम्म भाउ बढेको समाचार संस्था रोयटर्सले जनाएको छ । गएको मे महिनामा टर्कीका अर्थ मन्त्री नरेद्दिन नेबातीले महँगी अब घट्ने बताए पनि त्यति बेला ७३ प्रतिशत रहेको मूल्यवृद्धि ७८ प्रतिशतभन्दा माथि पुगेको छ ।

टर्कीमा खाद्यान्नको मूल्यवृद्धि झन्डै ९४ प्रतिशत पुगेको खबरमा उल्लेख छ । सन् २०१७ देखि हरेक वर्ष दोहोरो अङ्कमा मूल्यवृद्धि भइरहेको टर्कीमा ब्याज दर पनि निकै उच्च रहेको छ । महँगी बढेसँगै राष्ट्रपति रेसप तैयप एर्दोगानले श्रमिकको ज्याला पनि ३० प्रतिशतले बढाउने निर्णय गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू