अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१६ | Colorodo: 15:31

गृहमन्त्री खाँण र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

बिआरटीनेपाल २०७९ असार २० गते ८:०७ मा प्रकाशित

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नविन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गर्नुभएको छ ।सिंहदरबारस्थित गृह मन्त्रालयमा आज (साेमबार) भएको भेटमा दुई देशबीच आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउने विषयमा कुराकानी भएको मन्त्रालय स्रोतले जनाएको छ । मन्त्री खाँणले नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौता अनुरुप रासायनिक मल छिटो उपलब्ध गराउनका लागि सहजीकरणका लागि आग्रह गर्नुभएको थियो ।

राजदूत श्रीवास्तवले पहल गर्ने आश्वासन समेत दिनुभएको छ । भर्खरै जिम्मेवारी सम्हानुभएका राजदूत श्रीवास्तव केही दिनदेखि राजनीतिक तथा उच्च अधिकारीसँगको भेटघाटमा व्यस्त हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू