अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४८ | Colorodo: 06:03

बाढीका कारण अस्ट्रेलियाको सिड्नी सहर प्रभावित

बिआरटीनेपाल २०७९ असार २० गते ७:३८ मा प्रकाशित

अस्ट्रेलियामा बाढीका कारण एक जनाको ज्यान गएको छ भने हजारौँ मानिस विस्थापित भएका छन् ।बाढीका कारण सिड्नी सहर प्रभावित भएको छ । त्यहाँको जनजीवन कष्टकर भएको छ ।मुसलधारे वर्षाका कारण सडक बन्द हुनुका साथै हवाई सेवा समेत प्रभावित भएको बीबीसीले जनाएको छ ।

न्यु साउथ वेल्सका आपतकालीन सेवा मन्त्री स्टेफानी कुकले मानिसको ज्यान जोखिममा पर्ने अवस्था आएको भन्दै सचेत रहन आग्रह गर्नु भएको छ । न्यु साउथ वेल्समा गएको मार्च महिनामा आएको बाढीमा परेर २० जनाको ज्यान गएको थियो ।

अस्ट्रेलियाको जलवायु विभागका अनुसार केही ठाउँमा ३ सय ५० मिलिमिटर वर्षा भएकाले नेपियन नदीमा बाढीको खतरा बढ्नुका साथै सिडनीको प्रमुख बाँध चुहिन थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू