अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०० | Colorodo: 03:15

जसपाका ३ मन्त्रीद्धारा शपथ ग्रहण

बिआरटीनेपाल २०७९ असार २० गते ७:३३ मा प्रकाशित

नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराउनुभएको हो ।

जनता सामाजवादी पार्टी (जसपा) बाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा मोहम्मद इस्तियाक राई, वन तथा वातावरण मन्त्रीमा प्रदीप यादव र कृषि मन्त्रालयमा मृगेन्द्रकुमार सिंह यादव नियुक्त हुनुभएको छ ।

जसपाले कृषि मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादव र वन मन्त्री रामसहाय यादवलाई सरकारबाट फिर्ता बोलाएर उहाँहरूको ठाउँमा तीन जनालाई पठाएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू