अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३२ | Colorodo: 04:47

धनगढी उपमहानगरको नगरसभामा कुर्सी फालाफाल

बिआरटीनेपाल २०७९ असार २० गते ७:३० मा प्रकाशित

धनगढी उपमहानगरको नगरसभामा कुसी फालाफाल भएको छ । आठौं नगरसभाको तेस्रो बैठकमा उपमेयर कन्दकला रानाले आफ्नो सल्लाहविना नै बजेट पुस्तिका प्रकाशित गरेको भन्दै विरोध जनाएपछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का जनप्रतिनिधिले कुर्सी फालाफाल गरेका हुन् ।

बैठकस्थलमा कुर्सी फालाफालसँगै होहल्ला भएपछि बैठक अवरुद्ध भएको थियो । यसबारेमा मेयर हमाल र प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले जवाफ दिए पनि आफूलाई चित्त नबुझेको उपमेयर रानाले बताउनुभयो । नेपाली कांग्रेसका जनप्रतिनिधिले भने मेयर गोपाल हमालले ल्याएको बजेट पुस्तिको समर्थन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू