अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४६ | Colorodo: 15:01

तत्कालीन नेकपा सचिवालयका बहुमत सदस्यबीच भेट, विविध बिषयमा छलफल

बिआरटीनेपाल २०७९ असार १९ गते ८:३६ मा प्रकाशित

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यबीच भेटवार्ता भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका वामदेव गौतमबीच आज आइतवार बेलुकी भेटवार्ता भएकाे हाे । कहाँ भेटवार्ता भएकाे बारेमा भने बताइएकाे छैन

भेटवार्ताका क्रममा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, चुनाव, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेससँगकाे गठबन्धन आदि विषयमा छलफल भएको प्रचण्ड पुत्री गंगा दाहालले फेसबुकमा जानकारी दिनुभएकाे छ । नेतृत्व तहको यो छलफललाई निरन्तरता दिने समझदारी पनि बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू