अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५७ | Colorodo: 09:12

इजरायललाई पराजित गर्दै इंग्ल्यान्डले जित्यो यू–१९ युरो उपाधि

बिआरटीनेपाल २०७९ असार १८ गते ६:५१ मा प्रकाशित

इजरायललाई पराजित गर्दै इंग्ल्यान्डले यू–१९ युरो उपाधि जितेको छ ।इंग्ल्यान्डको युवा टोलीले शुक्रबार राति इजरायलको युवा टोलीलाई ३–१ ले पराजित गर्दै युरोपियन च्याम्पियनसिपको उपाधि जितेको छ ।एक गोलले पछि परेको स्थिति उल्ट्याएर इंग्ल्यान्डले उपाधि जित्न सफल भएको हो ।

इंग्ल्यान्डको जितमा कलुम डोयल, कारने चुकविमेका र आरोन राम्सेले गोल गरे भने इजरायलका ओस्कार ग्लोचको गोल गरे ।खेलको ४० औं मिनेटमा ओस्कार ग्लोचको गोलबाट इजरायलले सुरुवाती अग्रता लिएको थियो । तर, ५२ औं मिनेटमा इंग्ल्यान्डका कलुम डोयलले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि निर्धारित समयमा थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा लम्बिएको थियो ।

१०८ औं मिनेटमा कारने चुकविमेकाले गोल गर्दै इंग्ल्यान्डलाई २–१ ले अघि बढाए । त्यसपछि ११६ औं मिनेटमा आरोन राम्सेले गोल गर्दै इंग्ल्यान्डलाई च्याम्पियन बनाए । इंग्ल्यान्ड २०१७ पछि च्याम्पियन बनेको हो । यस च्याम्पियन बनेसँगै इंग्ल्यान्डले सर्वाधिक उपाधि जित्ने स्पेनको कीर्तिमानलाई भेट्टाएका छन् । स्पेन र इंग्ल्यान्डले समान ११ पटक उपाधि जितेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू