अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४५ | Colorodo: 09:00

विवाद बिच दीपक थापाको नेतृत्वमा भलिबल सङ्घ बागमती प्रदेश गठन

बिआरटीनेपाल २०७९ असार १७ गते ८:५२ मा प्रकाशित

हिजो असार १५ गतेका दिन भलिबल सङ्घ बागमती प्रदेशका संयोजक कुमार राज सुवेदीले पूर्व मध्यमाञ्चल क्षेत्र कमिटीको आयोजनामा हुन गई राखेको भलिबल सङ्घ बागमती प्रदेशको अधिवेशन तथा साधारण सभा वैधानिक छैन भन्दाभन्दै जबरजस्ती समुद्घाटन गरी बन्द सत्र सुरु भएको घोषणा गरेको थियो।

बन्द सत्रमा कुनै पनि जिल्लाबाट आएका भलिबल खेल प्रतिनिधिलाई केही जानकारी नगराई आयोजक कमिटीले एकपक्षीय रूपमा आफ्नो अनुकूल र फाइदाका व्यक्ति मात्र राखेर बागमती प्रदेश भलिबल सङ्घ घोषणा गर्ने क्रममा भक्तपुर जिल्लाबाट प्रतिनिधिको रूपमा जानू भएका भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा भक्तपुर भलिबल सङ्घका उपाध्यक्ष दीपक थापाले आयोजक कमिटीको निर्णय उपर विरोध गरे पछि सर्व सहमतिमा नयाँ कमिटी गठन गर्ने भनी दिन भरि छलफलको बहाना मात्र गरेर मध्य राति सम्पूर्ण प्रतिनिधिहरूलाई अलपत्र पारी आज बिहान १० बजे सम्मलाई कार्यक्रम स्थगित पारेको भनी सूचना टाँस गरेको थियो । तर आज बिहान आयोजकले भनेको समयमा १३ वटा जिल्लाका जिल्ला प्रतिनिधिहरू पूर्व निर्धारित समयमा आयोजना स्थलमा पुग्दा दृश्य बेग्लै भयो। पाहुना छ आयोजक छैन। नेपाली समय यस्तै हो आउला नि भन्दै एक छिन सबै प्रतिनिधिहरू धैर्यता साथ आयोजना स्थलमै बसी रहे।समय नाघ्दै गए पछि आयोजकलाई सम्पर्क गर्दा फोन अफ छ भन्ने थाहा भयो। तै पनि आउला नि भन्दै कुर्दा कुर्दा घडीमा दिनको २ बजी सकेको थियो ।

सम्पूर्ण प्रतिनिधि साथीहरू भोक प्यासले छटपटाई सकेको अवस्थामा मध्यमाञ्चल भलिबल सङ्घका उपाध्यक्ष दीपक लामा कार्यक्रम आयोजना स्थलमा देखा पर्नु भयो र वहाँ सँग केही कुरा बुझ्न खोज्दा वहाँलाई केही जानकारी नभएको भन्ने थाहा भयो।यसरी विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरू खाना बस्नेको केही टुंगो नलाग्ने भए पछि भक्तपुरका प्रतिनिधि दीपक थापाले यसरी भलिबल खेल राष्ट्रिय खेललाई बदनाम गर्नु हुन्न भन्दै जागरूकता देखाए सँगै सम्पूर्ण जिल्लाबाट आएका प्रतिनिधिहरूको मुहारमा बल्ल हाँसो र आशा किरण देखिए जस्तो भयो । अनि भक्तपुर ,काभ्रे ,रामेछाप ,सिन्धुपाल्चोक ,रसुवा,धादिङ ,सिन्धुली ,मकवानपुर दोलखा लगाएता जिल्लाका सम्पूर्ण जिल्ला प्रतिनिधिहरूको सर्व सहमतमा मध्यमाञ्चल क्षेत्रीय भलिबल सङ्घका उपाध्यक्ष दीपक लामाको अध्यक्षतामा भलिबल सङ्घ बागमती प्रदेशको अध्यक्ष दीपक थापाको नेतृत्वमा अध्यक्ष उपाध्यक्ष कोषाध्यक्ष लगायत १० जनाको कमिटी गठन गरिएको छ।

यसो गर्दै गर्दा पनि पूर्व मध्यमाञ्चल अध्यक्ष माधव के सी र सचिव श्रीराम बोगटी भने अहिले सम्म सम्पर्क विहीन छन्। सर्व सहमत अध्यक्ष हुनु भएका र १० जना कमिटीका सदस्यहरूले आयोजक माधव के सी र श्रीराम बोगटी उपर यस्तो गैर जिम्मेवारपन र खेलकुदको भावना विपरीत कार्य गर्ने उपर छानबिन गरी कारबाहीको माग समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू