अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५९ | Colorodo: 12:14

न्यायपालिकामा समस्या छ तर कामै गर्न सक्दैन भन्ने हाेइन : कामु प्रधानन्यायाधीश कार्की

बिआरटीनेपाल २०७९ असार १७ गते ८:०१ मा प्रकाशित

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिकाको शुद्धीकरण गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । आज शुक्रवार काठमाण्डौमा आयोजित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा बोल्दै कामु प्रधानन्यायाधीश कार्कीले न्यायपालिकामा समस्या रहेको तर यसलाई शुद्धीकरण गरेर अघि बढ्नुपर्ने बताउनुभउको हो । उहाँले न्यायपालिकामा पूर्ण समस्या छ र न्यायपालिकाले कामै गर्न सक्दैन भन्ने कुरामा सत्यता नरहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘न्यायपालिकामा केही समस्या देखिएका छन् । समस्या पहिला पनि थिए र अहिले पनि आएका छन् । हामी सुधारका लागि अघि बढिरहेका छौँ । न्यायपालिकामा पूर्ण समस्या छ, काम गर्न सक्दैन भन्ने कुरा चाहिँ होइन । सम्बोधन हुन्छ । हामी सबै सुधारका लागि कटिबद्ध हुनुपर्छ ।’ कामु प्रधानन्यायाधीश कार्कीले छुट्टै कानुन विश्वविद्यालयको आवश्यकता रहेको भन्दै त्यसमा सर्वोच्चबाट विशेष पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । न्यायपालिकामा विकृति र विसङ्गति आउन नदिन पाठ्यक्रममा पनि नैतिकताका विषयहरू समावेश गर्न आवश्यक रहेको उहाँकाे भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू